डुप्लिसिस एक खेलकाे प्रतिबन्धमा

दक्षिण अफ्रिकी कप्तान फा डुप्लिसिस पाकिस्तान विरुद्धको दोस्रो टेष्टमा ओभर रेटका कारण एक खेलको प्रतिबन्धमा परेका छन ।

पाकिस्तान विरुद्धको दोस्रो टेष्टमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएपछि टिमका कप्तानलाई भने घाटा लागेको छ । डुप्लिसिसलाई एक खेलको प्रतिबन्धका साथै खेलको २० प्रतिशत म्याच फी पनि कटौती गरिने भएको छ ।

खेलमा स्लो ओभर रेटका कारण उनी कारवाहीमा परेका हुन । आइसीसीका म्याच रेफ्रि डेविड बोनले डुप्लिसिसलाई कारवाहीको निर्णय गरेका हुन । यसअघि पनि डुप्लिसिस भारत विरुद्ध सेन्चिुरियनमा भएको खेलमा पनि यस्तै कारणले कारवाहीमा परेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest