युएई विरूद्दकाे एकदिवसिय र टी–२० सिरिजकाे तयारी बुधबारबाट

युएई विरूद्दकाे तीन एकदिवसिय र तीन टी–२० सिरिजका लागि नेपाली क्रिकेट टिमले बुधबारबाट बन्द प्रशिक्षण सुरू गर्ने भएकाे छ ।

आगामी माघ ११ गते देखि २० सम्म हुने प्रतियाेगिताका १४५ दिनकाे प्रशिक्षणपछि नेपाली टिम युएइ उड्नेछ । याे सिरीजका लागि नेपालले २० सदस्यीय प्रारम्भीक टोलीको छनौट गरिसकेको छ।

क्याम्पकाे पहिलाे दिन जिम सेसन हुनेछ । त्यसपछि केहि अभ्यास खेल खेलाइनेछ । नेपाली टिमकाे तयारीकाे सुरूवाती केहि दिन कप्तान पारस खड्का र दिपेन्द्र एेरी क्याम्पमा हुने छैनन् । उनी एक्सपर्ट एजुकेसनकाे क्रिकेट फेस्टिबलका लागि अष्ट्रेलियामा रहेका छन । उनीहरू जेनेवरी १२ तारिखमा नेपाल फर्किनेछन।

२० खेलाडीकाे सुचिबाट क्याम्पपछि १५ खेलाडी छनाेट हुनेछन । नेपालले एकदिवसिय मान्यता पाएपछि तीन वटा अन्तराष्ट्रिय खेल खेलेकाे छ । याे सिरीजपछि नेपाल अन्तर्राष्ट्रिय एकदिवसिय बरियतामा समावेश हुनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest