श्रीलंका विरूद्द न्युजिल्याण्डकाे क्लिनस्विप

श्रीलंका विरुद्धको तीन एकदिवसिय श्रृखंलामा न्युजिल्याण्डले ह्वाइटवास गरेको छ । तेस्रो तथा अन्तिम खेलमा न्युजिल्याण्ड एक सय १५ रनको भारी अन्तरले हराउँदै सिरीज क्लिनस्विप गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले ५० ओभरमा चार विकेट गुमाउदै तीन सय ६४ रन बनायो । उसका दुई खेलाडीले सतक प्रहार गरे । जसमा रोस टेलरले एक सय ३७ तथा हेनरी निकोल्सले १ सय २४ रन थपे ।

३१ रनमा दुई विकेट गुमाएको न्युजिल्याण्डका कप्तान केन विलियम्सन र टेलरले तेस्रो विकेटका लागि एक सय १६ रनको साझेदारी गरेका थिए । जसमा कप्तान केन ५५ रनमा आउट भए । त्यसपछि चौथो विकेटका लागि टेलर र निकाल्सले एक सय ५९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । बलिङमा श्रीलंकाका लसिथ मालिंगाले तीन विकेट लिए ।

जवाफमा श्रीलंका ४१ ओभर ४ बलमा दुई सय ४९ रनमा अलआउट भयो । उसका थिसारा परेराले ८०, निरोशन डिकवेलाले ४६ र कुशल परेराले ४३ रन बनाउनु बाहेक बाँकि खेलाडी सस्तैमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest