अष्ट्रेलिया विरूद्दकाे टेष्ट सिरीजका हिराे बुम्राह एकदिवसीय खेलमा टिम बाहिर

अष्ट्रेलिया विरुद्ध ७१ बर्षपछि टेष्ट सिरीजको उपाधि जित्दा महत्वपुर्ण भुमिका खेलको तिब्रगतिका बलर जसप्रित बुम्राहलाई भारतले एकदिवसिय श्रृखंलाका लागि आराम दिएको छ । साथै उनले न्युजिल्याण्ड विरुद्धको सिरीजमा पनि टिम बाहिर हुने भएका छन ।

बीसीआइले सार्वजनिक गरेको एकदिवसिय टिममा बुम्राहको स्थानमा मोहम्मद सिराजलाई टिममा राखेको छ । भारतले अब अष्ट्रेलिया विरुद्ध एकदिवसिय सिरीज खेल्नेछ भने त्यसपछि न्युजिल्याण्ड विरुद्ध ५ एकदिवसिय र तीन टी–२० खेल खेल्नेछ । जसमा सिराजले भारतको टिमबाट डेब्यु गर्ने भएका छन ।

अष्ट्रेलिया विरुद्धको टेष्ट सिरीजमा बुम्राहले एक सय ५७ ओभर बलिङ गरेका थिए । जसका कारणपनि उनलाई टिमले आराम दिएको हो । उनी भन्दा अगाडी रहेको नाथन लियोनले दुई सय ४२ ओभर गरेका थिए । अघिल्लो बर्ष श्रीलंका विरुद्ध टी–२० क्रिकेटमा डेब्यु गरेका सिराजले अष्ट्रेलिया विरुद्ध एकदिवसियमा डेब्यु गर्ने भएका छन ।

यस्तै टिमले न्युजिल्याण्ड विरुद्धको टी–२० खेलका लागि सिद्धार्थ कउललाई टिममा राखेको छ । यसैविच आइसीसीले सार्वजनिक गरेको नयाँ टेष्टको बरियतामा तेस्रो स्थानमा उक्लिएका छन । उनले अष्ट्रेलिया विरुद्ध लगातार तीन सतक प्रहार गरेर कुल ५ सय २१ रन बनाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest