आर्मीले प्रदेश नम्वर तीनलाई एक सय १८ रनले हरायाे

इनरूवामा जारी मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको ग्रुप बी को पहिलो खेलमा नेपाल आर्मीले प्रदेश नम्वर तीनलाई एक सय १८ रनले पराजित गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभर खेल्दै पाँच विकेटको क्षतिमा दुई सय ८८ रन बनाएको थियो । आर्मीकालागि रोहित पाण्डेले ८०, भीम सार्कीले ७१ रन र बिनोद भण्डारीले ४८ रनको पारी खेले । प्रदेश तीनका प्रतिस जिसी र जितेन्द्र सिङ ठकुरीले दुई दुई र सूर्य तामाङले एक विकेट लिएका थिए ।

आर्मीले दिएको दुई सय ८९ रनको विजयी लक्ष पछ्याएको प्रदेश नम्वर तीन ३६ दशमलव दुई ओभरमा एक सय ७० रनमा अलआउट हुनपुग्यो । प्रदेश तीनका इशान पाण्डेले ७५, आदिल खानले ३२ र जितेन्द्र सिङ ठकुरी र सोनु तामाङले समान १६–१६ रन बनाएपनि टिमलाइ हारबाट बचाउन सकेनन् । प्रदेश तीनलाई सस्तैमा समेट्न आर्मीका सहाब आलम चार विकेट लिए । त्यस्तै बिक्रम सोब र जितेन्द्र मुखियाले दुई दुई विकेट लिए । प्रतियोगिता अन्र्तगत भोलिको खेल आर्मी र प्रदेश नम्वर छ बीच हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest