नेपाली क्रिकेट टिमकाे क्याम्प सुरू

युएई विरुद्धको एकदिवसिय र टी–२० सिरीजका लागि नेपाली क्रिकेट टिमले आजबाट तयारी सुरु गरेको छ ।

पहिलो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकोमा पहिलो दिन फिटनेसका रूपमा जिम सेसन भएको छ । टिमले भोली देखि कीर्तिपुर क्रिकेट मैदानमा प्रशिक्षण सुरु गर्नेछ ।

माघ ११ गतेदेखि युएई विरुद्ध नेपालले तीन एकदिवसिय सिरीज खेल्दैछ । त्यसपछि नेपालले तीन टी–२० खेलको सिरीज खेल्नेछ । हाल पहिलो चरणमा बोलाइएको २० खेलाडीबाट केहि अभ्यास खेलपछि अन्तिम चरणमा १५ खेलाडी छनोट गरिनेछ । युएईका लागि नेपाली टिम २२ जनवरीमा प्रस्थान गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest