सन्दिपको टिम सिलेटले दियाे १ सय ६९ रनको लक्ष्य

बंगलादेश प्रिमियर लिग अन्तर्गत चिटगोङ भिकिंग्स विरुद्धको खेलमा सन्दिपको टिम सिलेट सिक्सर्सले १ सय ६९ रनको लक्ष्य दिएको छ ।

ढाकामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिलेटले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ६८ रन बनायो । पहिलो खेलमा ४ विकेटको हार ब्यहोरेको सिलेटले आजपनि सुरुवात राम्रो गर्न सकेन । खाता खोल्न नपाउदै पहिलो विकेट लिएको उसले ६ रन बनाउदा तीन विकेट खेर फालेको थियो ।

तर तेस्रो विकेटका लागि कप्तान डेविड वार्नर र अफिफ हुसेन विच ७१ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । जसमा हुसेन ब्यक्तिगत ४५ रनमा आउट भए । चौथो विकेटका लागि फेरी वार्नर र निकोलस पुरनले पाँचौ विकेटका लागि ७० रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

जसमा वार्नरले ५९ रनको योगदान गरे । उनले ४७ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यस्तै पुरनले पनि अर्धसतक बनाए । उनले ३२ बलमा ५२ रन बनाए । जसमा तीन चौका र तीन छक्का हिर्काए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest