बिपीएलमा सन्दिपकाे किफायती बलिङ, ३ ओभरमा मात्र १२ रन

टिमको सातौं तथा ब्यक्तिगत आफ्नो पहिलो ओभरमा सन्दिपले पहिलो बलमा २ रन दिए भने दोस्रो बल डट राखे । तेस्रो बलमा उनले मात्र १ रन दिए । त्यसपछि चौथो बलमा फेरी उनले डर राखे । पाँचौ बलमा पनि उनले ब्याट्सम्यानलाई रन दिन दिएनन ।

अन्तिम बलमा एक दिन दिदा सन्दिपले पहिलो ओभरमा मात्र ४ रन खर्चिए । तर उनले फिल्डिङमा भने उत्कृष्ट रनआउट गर्न सफल भए । पोइन्टमा रहेको सन्दिपले ३८ रनमा खेलिरहेका क्यामरुन डेलपोर्टलाई डाइरेक्ट हिट गरेर रनआउट गरे ।

त्यसपछि ब्यक्तिगत दोस्रो ओभरमा सन्दिपले मात्र तीन रन दिए । उनले पहिलो बलमा सन्दिपले ब्याट्सम्यानलाई विट गरेभने दोस्रो बलमा उनले क्रिजमा रहेको मोसादिक हुसेनलाई एबीडब्लु अपिल गरेका थिए । जसमा थर्ड अम्पायरले खारेज गरे । तेस्रो बलपनि उनले डट राख्न सफल भए भने अर्को बलपनि ब्याट्सम्यानले डट खेले । अन्तिम बलमा उनले एक रन दिए ।

त्यसपछि तेस्रो ओभरमा पनि उनले ५ रन दिए । उनको सुरुवाती २ बलमा सिकन्दर राजाले दुई रन लिए । त्यसपछि तेस्रो बल डट राखेका सन्दिपले पाँचौ र छैटौ बलमा दुई रन दिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest