थाइल्याण्ड महिला टि–२० स्म्यासका लागि नेपाली टिमकाे घाेषणा

आउँदो शनिबारदेखि हुने थाइल्याण्ड महिला टि–२० स्म्यासमा सहभागिता जनाउने नेपाली महिला टोलीको घोषणा भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को संयोजनमा घोषित टोलीको नेतृत्व रुविना क्षेत्रीले गर्नेछिन् ।

टिमका सदस्यहरु यसप्रकार छन् – रुविना क्षेत्री बेलबासी (कप्तान), सीता रानामगर (उपकप्तान,) करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु वर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ट, ममता कुमारी चौधरी र विन्दु रावल । टिमको प्रशिक्षण विनोद दासले गरिरहेका छन् ।

थाइल्याण्डमा हुने प्रतियोगिताका लागि नेपाली टिम शुक्रबार त्यसतर्फ प्रस्तान गर्नेछन् । प्रतियोगितामा नेपाल, थाइल्याण्ड, भुटान, हङकङ, इण्डोनेसिया, मलेसिया, तान्जेनिया, श्रीलंका नेभी, कुवेत र नामिविया छन् । नेपालले शनिबार तान्जेनियाविरुद्धको खेलबाट प्रतियोगिता शुरु गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest