नेपालमा फ्रेन्चाइज लिग खेलेका नाभिद नेपाल विरूद्दकाे सिरीजकालागि युएइकाे कप्तान

नेपालविरूद्दकाे तीन ओडीआईको लागि यूएईले माेहम्मद नाभिदलाइ कप्तान चयन गरेकाे छ । युएइ क्रिकेट बोर्डले १६ सदस्य टोली घोषणा गर्दै नाभिदलाइ कप्तान चयन गरेकाे हाे ।

नियमित कप्तान रोहन मुस्तफा निलम्बनमा परेका बेला नाभिदले नेपाल विरूद्द कप्तानी गर्ने भएका छन । मुस्तफा, अहमद राजा र रमीजशहजादलाई ८ साताकाे प्रतिबन्ध लगाइएकाे छ।  उनीहरूले यूएईकाे बाेर्ड विरूद्द बाेलेकाे भन्दै सस्पेन्ड गरेकाे हाे । जसका कारण तीनै खेलाडीले नेपाल विरूद्दकाे सिरीज गुमाउने भएका छन ।

नेपालले २५ जनवरीमा पहिलो,२६ मा दोस्रो र २८ जनवरीमा तेस्रो एकदिवसीय खेल खेल्दैछ । त्यसपछि ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म तीनवटा टी-२० खेल खेल्ने तय भइसकेकाे छ ।

जसकालागि नेपाली क्रिकेट टिमले तयारी सुरू गरिसकेकाे छ भने यूएईले क्याम्पमा राखिसकेकाे छ ।

यस्ताे छ युएई टिम :
मोहम्मद नाविद (कप्तान),मोहम्मद उस्मान(उपकप्तान),जहूर खान,कदीर अहमद,फहद नवाज,अब्दुल शकूर,सुल्तान अहमद,सी.पी.रिजवान, चिराग सुरी,मोहम्मद बुटा,शमन अनवार,गुलाम शब्बर,इमरान हैदर,ताहिर मुगल,अमिर हयात

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest