मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेटमा प्रदेश ३ द्वारा ६ पराजित

सुनसरीको इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ विजयी भएको छ । आज भएको खेलमा प्रदेश ३ ले प्रदेश ६ (कर्णाली)लाई ६ विकेटले पराजित गरेकाे हाे ।

पहिला ब्याटिङ गरेको कर्णालीले २९ ओभर २ बलमा अलआउट हुदैं जम्मा १ सय ११ रन मात्र जोड्न सकेको थियो । कप्तान रविन्द्र जङ शाहीको ३९ र निश्चल रावतको २२ रन बनाउनु बाहेक अरुले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । कर्णाली प्रदेशलाई झिनो रनको स्कोरमा रोक्ने क्रममा प्रदेश ३ का सूर्य तामाङ एक्लैले ५ विकेट लिएका थिए ।

प्रदेश नम्वर ६ कर्णालीले दिएको १ सय १२ रनको झिनो लक्ष प्रदेश ३ ले २६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर सहजै पुरा गरेको थियो । प्रदेश ३ का आसुतोस घिरियाले २० र सोनु तामाङले नटआउट १४ रन जोडेका थिए ।

आदिल खानले २६ रन बनाउँदा इशान पाण्डेले २० र जितेन्द्र सिङ ठकुरीले १६ रन जोडे । प्रदेश ६ का दिवान पुन, युवराज केसी, राज साह र रविन्द्र जङ शाहीले एक–एक विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest