केएल राहुल र पान्ड्या बीसीसीआइकाे प्रतिबन्धमा

भारतीय क्रिकेटर केएल राहुल र हार्दिक पाण्डेया दुई खेलको प्रतिबन्धमा परेका छन ।

भारतीय टेलिभिजन सो कफि विथ करनमा दिएको अभिब्यक्तिका आधारमा बीसीसीआइले दुबै खेलाडीलाई दुई खेलको प्रतिबन्ध लगाएको हो । यसका साथै उनीहरुलाई अपिल गर्न २४ घण्टाको समय दिएको छ ।

बीसीसीआइका अनुशासन कमिटीका प्रमुख विनोद राइले उनीहरुले माफि मागेर मात्र यो कारवाही पुरा नहुने बताए । साथै उनले यो कारवाही तत्कालका लागि लागु गर्नुपर्ने बताए ।

एक टिभी कार्यक्रममा पान्ड्याले महिलामाथि खराव शब्द प्रयोग गरेको कारण विवादमा मुछिएको भारतीय स्पोर्ट्स माध्यमले जनाएका छन् । जसको कारण विसिसिआईले नोटिस समेत जारी गरेको थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest