बिपीएलमा सन्दिपकाे टिमकाे खेल भाेली

नेपाली क्रिकेटर सन्दिप लामिछानेले बंगलादेश प्रिमियर लिगमा भोली तेस्रो खेल खेल्दैछन ।

अघिल्लो खेलमा चिटगाउ विरुद्धको खेलमा किफायती बलिङ गरेपनि विकेट लिन नसकेका सन्दिप भोली टिममा परेको खण्डमा फेरी आफ्नो जादु देखाउन चाहन्छन । लिगको शिर्ष स्थानमा रहेको ढाका डाइनामाइट्स विरुद्ध सिलेटले खेल्ने खेल साझँ सवा ५ बजे हुनेछ ।

एभरेष्ट प्रिमियर लिगमा दुई खेल, त्यसपछि बिग बास लिगमा चार खेल र बंगलादेश प्रिमियर लिगको सुरुवात खेल गरि कुल सात खेलमा कुल १५ विकेट लिएका सन्दिप चिटगाउ विरुद्ध भने चार ओभरमा २१ रन दिदा विकेट लिन सकेका थिएनन् । तर पनि उनले आफ्नो चार ओभरमा ब्याट्सम्यानलाई खेल्न गाहे भने गरेका थिए ।

उनको टिमले दुई खेलमा एक जित निकालेको छ । जसका कारण सिलेट लिगको चौथो स्थानमा रहेको छ । भोली यदि सिलेट विजयी भएमा शिर्ष तीनमा पुग्न सक्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest