नेपालले चीनबाट पायाे मात्र ४९ रनकाे लक्ष्य

थाइल्याण्ड महिला टी -ट्वान्टी स्मास क्रिकेटको पहिलो खेलमा नेपालले चीनबाट ४९ रनको लक्ष्य पाएकाे छ ।

थाइल्याण्डको बैंककमा टस हारेर ब्याटिङ गरेको चीनले २० ओभरमा ६ विकेट गुमाउदै ४८ रन बनायाे । चीनका लागि झाङ चानले १३ रन बनाउदा बाँकि खेलाडी सस्तैमा पेभेलियन फर्किए ।

बलिङमा नेपालका लागि करुणा भण्डारीले ३ तथा नेरी थापाले २ विकेट लिईन् । जवाफमा नेपाल ब्याटिङमा उत्रिएकाे छ ।

प्रतियाेगिताका लागि नेपाल गएरातिमात्र थाइल्याण्ड पुगेकाे हाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest