थाइल्याण्ड महिला टी–२० स्म्यासमा नेपालकाे खेल भाेली मलेसियासँग

थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी–२० स्म्यासमा नेपाली टिमले भोली दोस्रो खेलमा मलेसियासँग खेल्नेछ ।

प्रतियोगितामा आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटको भारी अन्तरले हराएको नेपाल मलेसिया विरुद्धपनि जितको यात्रालाई कायमै राख्न चाहन्छ ।

मलेसियाको प्रतियोगितामा पहिलो खेल हुनेछ । नेपाल र मलेसिया विचको खेल थाइल्याण्ड क्रिकेट ग्राउण्डमा स्थानिय समय अनुसार विहान साढे नौ बजे हुनेछ ।

आज भएको खेलमा नेपालले चीनलाई मात्र ४८ रनमा अलआउट गरेको थियो । जसमा नेपालले विना विकेटको क्षतीमा पुरा गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest