पहिलाे खेलमा भारत ३४ रनले पराजित, राेहितकाे शतक खेर

अष्ट्रेलिया विरुद्धको पहिलो एक दिवसिय खेलमा भारत ३४ रनले पराजित भएको छ ।

सिड्नीमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ८८ रन बनायो । उसका लागि पिटर हेन्डन्डकम्बले ७३ रन बनाए । उनले ६१ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै मार्कस स्टोइनिस ४७, शन मार्श ५४, उस्मान खवाजा ५९ रन बनाए । बलिङ तर्फभारतका लागि कुलदिप यादव र भुवनेश्वर कुमारले समान दुई विकेट लिए ।

जवाफमा भारत ५० ओभरमा नौ विकेट गुमाउँदा दुई सय ५४ रनमा अलआउट भयो । उसकालागि ओपनर रोहित शर्माले एक सय ३३ रनको पारी खेलेपछि टिमलाई हारबाट बचाउन सकेनन् । यस्तै महेन्द्रसिंह धोनीले ५१ रन बनाए ।

चार रनमा तीन विकेट गुमाएको भारतको पारीलाई धोनी र शर्माले सम्हालेका थिए । उनले चौथो विकेटका लागि एक सय ३७ रनको साझेदारी गरेका थिए । अन्तिममा भुवनेश्वर कुमारले २९ रन बनाएपनि बाँकि खेलाडी सस्तैमा आउट भए । हारसँगै भारत तीन खेलको श्रृखंलामा एक शुन्यले पछि परेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest