बिपीएलमा ढाका विरूद्द सन्दिप महंगाे साविक

काठमाडौं, २८ पुस । बंगलादेश प्रिमियर लिग बीपीएलमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने आज पनि विकेट विहीन बनेका छन् । ढाका डाइनामाइट्सविरुद्ध ४ ओभर बलिङ गरेका सन्दिपलले ३३ रन दिए पनि विकेट भने निकाल्न सकेनन् ।

सिलेट सिक्सर्सबाट टिमको आठौं तथा व्यक्तिगत पहिलो ओभर बलिङ गरेका सन्दिपले ११ रन खर्चिएका थिए । त्यसपछि सन्दिपले दोस्रो ओभरमा ८ रन खर्चिए भने तेस्रो ओभरमा ६ रन खर्चिए ।

१६ औं ओभरमा सन्दिपले व्यक्तिगत चौथो ओभरको बलिङ गरेका थिए । पहिलो बलमा नरुल हसनले १ रन बनाए । त्यसपछि क्रिजमा रहेका मोहम्मद नहिमले २ बलमा रन बनाए पनि चौथो बलमा छक्का प्रहार गरेका थिए । पाँचौ बल डट खेलेका नहिमले छैटौं बलमा एक रन जोडे । चौथो ओभरमा सन्दिपले ८ रन दिए । चार ओभरको स्पेलमा उनले २ चौका र २ छक्का दिएका थिए ।

उनले पछिल्ला ५ खेलमा सबै भन्दा महंगाे बलिङ गरे । उनले बीबीएलमा सिड्नी विरूद्द ३६ रन दिएका थिए । तर साे खेलमा २ विकेट लिएका  थिए । तर अाज उनले ३३ रन दिदा विकेट लिन सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest