हार्दिक र राहुलकाे स्थानमा गिल र विजय भारतकाे टिममा

विवादास्पद अन्तरर्वाताका कारण प्रतिबन्धमा परेका हार्दिक पाण्ड्या र केएल राहुलको स्थानमा सुभंम गिल र विजय शंकरलाई टिममा बोलाइएको छ ।

अष्ट्रेलिया विरुद्धको पहिलो एकदिवसिय खेलमा ३४ रनले पराजित भएको भारत टिमले हार्दिक र राहुलको स्थानमा युवा खेलाडीलाई टिममा बोलाएको हो । जसमा शंकर अष्ट्रेलिया विरुद्धको दोस्रो एकदिवसिय खेलमा टिममा समावेश हुनेछन ।

तर गिलले भने न्युजिल्याण्ड विरुद्धको सिरीजका लागि टिममा समावेश हुनेछन । अष्ट्रेलियापछि भारतले न्युजिल्याण्ड विरुद्ध ५ एकदिवसिय र तीन टी–२० खेल खेल्नेछ । एक टेलिभिजन सो मा महिला माथि विवादास्पद कमेन्ट गरेको भन्दै राहुल र हार्दिकलाई बीसीसीआइले प्रतिबन्ध लगाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest