नेपाली महिला टिमले युएईसँग खेल्दै

थाइल्याण्ड महिला टी–२० स्म्यास अन्तगर्त नेपालले आज तेस्रो खेल खेल्दैछ । लगातार दुई खेलमा जित निकालेको नेपालले आज युएईलाई हराएमा सेमिफाइनलको यात्रा पक्का गर्नेछ ।

नेपाल र युएई विचको खेल स्थानीय समय अनुसार मध्यान्ह सवा १२ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा दुई खेलमा जित निकालेको युएई पनि सेमिफाइनल नजिक पुगिसकेको छ । उसले थाइल्याण्ड ए, र चीनलाई हराएको छ ।

यता नेपालले पहिलो खेलमा चीनलाई १० विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पाखा लगाउदै सेमिफाइनलको यात्रा बलियो बनाएको हाे । प्रतियोगिताको उपाधि दावेदार मानिएकाे टिम युएई विरुद्ध नेपाललाई जित निकाल्न त्यति सजिलो भने हुने छैन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest