महिला क्रिकेटमा नेपालले युएईबाट एक सय ६ रनको लक्ष्य

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यासमा नेपालले युएईबाट एक सय ६ रनको लक्ष्य पाएको छ ।

उपाधिको दावेदार टिम युएईले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर एक सय पाँच रन बनायो । राम्रो सुरुवात गरेको युएईले ३५ रन बनाउदा पहिलो विकेट गुमायो । उनकी ओपनर इशा ओजा २८ रनमा आउट भइन । त्यसपछि सुभा बेन्काटारामन मात्र दुई रनमा पेभेलियन फर्किदा नेपालले दोस्रो विकेट लियो ।

युएईको स्कोर ५२ रन हुँदा तेस्रो विकेट झर्यो । उसकी कभिशा कुमारी ५ रनमा पेभेलियन फर्किइन । बलियो ब्याटिङ गरेको युएईले ९१ रन बनाउँदा चौथो विकेट खेर फाल्यो । उसकी चायाँ मुघल ३१ रनमा आउट भइन । त्यसपछि ९५ रन बनाउदा नेपालले युएईको पाँचौ विकेट लियो । सरिता मगरले इसानीलाई मात्र एक रनमा रनआउट गरिन ।

यस्तै रुवीनमा क्षेत्रीले हुमीरा तास्निमलाई तीन रनमा आउट गर्दा उसले ९९ रनमा ६ विकेट गुमायो । युएईका लागि चामानी सिनीभिरत्नेले अविजीत २३ रन बनाइन । बलिङमा नेपालका लागि सिता रानामगर, सोनु खड्का र करुणा भण्डारीले एक एक विकेट लिइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest