युएईलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल थाइल्याण्डमा जारी महिला टी–२० स्म्यासको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले समुहकाे तेस्राे खेलमा युएईलाई ६ विकेटले पाखा लगायाे ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । युएईले ३५ रन बनाउदा पहिलो विकेट गुमायो । उनकी ओपनर इशा ओजा २८ रनमा आउट भइन । त्यसपछि सुभा बेन्काटारामन मात्र दुई रनमा पेभेलियन फर्किदा नेपालले दोस्रो विकेट लियो ।

युएईको स्कोर ५२ रन हुँदा तेस्रो विकेट झर्यो । उसकी कभिशा कुमारी ५ रनमा पेभेलियन फर्किइन । बलियो ब्याटिङ गरेको युएईले ९१ रन बनाउँदा चौथो विकेट खेर फाल्यो । उसकी चायाँ मुघल ३१ रनमा आउट भइन । त्यसपछि ९५ रन बनाउदा नेपालले युएईको पाँचौ विकेट लियो । सरिता मगरले इसानीलाई मात्र एक रनमा रनआउट गरिन । यस्तै रुवीनमा क्षेत्रीले हुमीरा तास्निमलाई तीन रनमा आउट गर्दा उसले ९९ रनमा ६ विकेट गुमायो । युएईका लागि चामानी सिनीभिरत्नेले अविजीत २३ रन बनाइन । बलिङमा नेपालका लागि सिता रानामगर, सोनु खड्का र करुणा भण्डारीले एक एक विकेट लिइन ।

जवाफमा नेपालले १९ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटकालागि ६१ रनको साझेदारी गर्न सफल भयो । तर सिता रानामगर ३७ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि डोली भट्ट मात्र सात रनमा पेभेलियन फर्किदा नेपालको स्कोरबोर्डमा ७० रन थियो । काजल श्रेष्ठपनि २५ रनमा आउट भएपछि नेपालले ८५ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि इन्दु बर्मापनि १३ रनमा एलबीडब्लु धरापमा पर्दा नेपालले ८८ रनमा चौथो विकेट गुमायो । अन्तिममा नेपालका लागि रुवीना क्षेत्रीले नौ र नेरी थापाले ६ रन बनाइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest