सन्दिपकाे टिम सिलेटले आज बिपीएलमा काेमिल्लासँग खेल्दै

नेपाली युवा बलर सन्दिप लामिछानेकाे टिम सिलेट सिक्सर्सले आज बंगलादेश प्रिमियर लिग क्रिकेटमा कोमिल्ला भिक्टोरियन्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समय अनुसार साँझ सवा ६ वजे शुरु हुने खेलमा सन्दिप टिममा पर्ने प्रबल संभावना रहेकाे छ । टिमले चौथो खेल खेल्न लाग्दा तालिकाको छैटौं स्थानमा रहेको छ ।

पछिल्ला २ खेलमा विकेट विहीन रहेका सन्दिपकाे टिम सिलेटले सिलेटले अहिलेम्म १ खेलमा जित हात पार्दा २ खेलमा पराजित भएको छ । कोमिल्ला भने ४ मध्य २ खेलमा जित हात पार्दै चौथो स्थानमा रहेको छ । यसअघि भएकाे खेलमा सिलेट काेमिल्लासँग ४ विकेटले पराजित भएकाे छ।  

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest