चिडियाखाना पुगेका पारसले भने-‘बाल्यकालकाे याद दिलायाे’

राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापन रहेको सदर चिडियाखाना ललितपुरमा पुगेका राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई वन्यजन्तुसँग नजिक हुने अवसर कोष र क्रिकेट खेलाडी सङ्घ नेपालले मिलाएको थियो ।

पारस खड्कासँगै राष्ट्रिय खेलाडी सोमपाल कामी, शरद भेषवाकर, करण केसी, सुसन भारी, सन्दीप जोरा, वसन्त रेग्मी, विक्रम सोभ, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, रसिद खान, पवन सर्राफ, अविनाश बोहरा, ललितनारायण राजवंशी, विनोद भण्डारी, ललित भण्डारी, दीपेन्द्रसिंह ऐरी सहभागी हुनुहुन्थ्यो ।

खेलाडीले चिडियाखानामा भएका जनावर हेर्ने काम मात्रै गरेनन्, उनीहरुले वन्यजन्तुको महत्व र यसबाट मानव समुदायमा पर्ने प्रभावका बारेमा समेत जान्ने अवसर प्राप्त गरेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको जिज्ञासामा सदर चिडियाखानाका सहायक क्यूरेटर (प्राविधिक) गणेश कोइरालाले व्याख्या गर्नुभयो । एकै छिनमा खुट्टा खोच्याउँदै एउटा गैँडा नजिक आयो । क्याप्टेन पारसले फेरि चासो राख्नुभयो, ‘गैँडाले किन खुट्टा खोच्याएको ?’ ‘बाघले आक्रमण गरेर खुट्टाको पिँडुला खाइदिएको थियो, अझै समस्या छ, अर्को परको गैँडाको टाउकोमा खाल्डो छ त्यो पनि बाघले नै आक्रमण गरेर खाइदिएको थियो, अहिले निको भयो ।’

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest