टी-२० स्म्यासमा नेपालकाे लगतार चाैथाे जित, समुह विजेता बन्दै सेमिफाइनलमा

थाइल्याण्डमा जारी टी–२० महिला स्म्यास क्रिकटमा नेपालले लगातार चाैथाे जित निकालेकाे छ । अाज भएकाे खेलमा थाइल्याण्ड ए टिमलाइ ९ विकेटले हराउदै समुह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनायाे । समान अंक भएपनि रन रेटमा पछि पर्दै युएई पनि सेमिफाइनलमा स्थान बनाएको हो ।

थाइल्याण्डले दिएको २० रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा १ मात्र विकेट गुमाएर पुरा गरेको थियो ।

नेपालको जितमा नेरी थापा ५ तथा डोली भट्ट २ रनमा नट आउट रहे । यस्तै ममता कुमारी चौधरी ८ रन बनाएर आउट भइन् ।
टस जिति पहिला ब्याटिङ गरेको थाइल्याण्डले १५ दशमलब ४ ओभरमा १९ रन बनाएको हो ।

थाइल्याण्ड ‘ए’ का कुनै पनि खेलाडीले नेपाली बलरसामू खुलेर खेल्न सकेनन् । थाइल्याण्डका लागि थानचोनक फोपुलुक सर्वाधिक ४ रनमा नटआउट रहँदा वार्ली सेनसङले ३ तथा मनातासेवै जेटोले २ रन बनाइन् ।

खाता नखोल्दै पहिलो विकेट गुमाएको थाइल्याण्डले २ रन जोड्दा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि ८ रनको साझेदारी गर्दै स्कोर बोर्डमा १० रन पुग्दा तेस्रो देखि छैटौं विकेट गुमाउन पुग्यो । ११ रन बनाउँदा सातौ विकेट गुमाएको थाइल्याण्डले १५ रनमा आठौं र नवौं विकेट गुमाएको थियो ।

सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले थाइल्याण्डलाई १९ रनमा रोक्दा नेपाली बलरहरु आरती विडारीले ३ तथा इन्दु बर्मा र सरिता मगरले दुई दुई विकेट लिँदा रुवीना क्षेत्री, सिता रानामगर र सोनु खड्काले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest