बिपीएलमा सन्दिप रंगपुर विरूद्द टिममा पर्लान ?

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिगमा आज पाँचौ खेल खेल्दैछ ।

सिलेटमा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले रंगपुर राइडर्ससंग प्रतिस्पर्धा गर्दैछ ।  खेल नेपाली समय अनुसार बेलुका ६:१५ मा सुरु हुनेछ ।

राइडर्सविरुद्ध मैदान उत्रदा सन्दीपको टिम सिक्सर्स दोस्रो जितको खोजीमा हुनेछ । लिगमा तीन खेल गुमाईसकेको सिक्सर्सलाई प्ले अफमा पुग्ने सम्भावना जीवित राख्न राइडर्सविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।

सन्दीपको टिम सिक्सर्स २ अंक जोडेर लिगको छैटौं स्थानमा छ । राइडर्स ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

बीपीएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप चौथो खेलमा सिक्सर्सको टिममा पर्ने सम्भावना रहेको छ । मंगलबार भएको चौथो खेलमा टिममा नपरेका सन्दीप पाँचौ खेलमा भने पर्ने सम्भावना रहेको छ । डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि त्यसपछिका दुई खेलमा महंगा साबित भएपछि सन्दीप टोलीमा नपरेका हुन् ।

डेब्यु खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest