भारतीय टिम सुपौल प्रदेश ७ लाइ हराउदै सेमिफाइनलमा

सुनसरीको इनरुवा जारी मनमाेहन स्मृती कपमा भारतीय टिम सुपौलले प्रदेश ७ लाइ एक विकेट हराउदै सेमिफाइनलमा स्थान बनायाे ।

टस जितेर पहिले ब्याटिङ गरेकाे प्रदेश सात ४२ ओभरमा एक ८४ रनमा  समेटियाे । उसका बिपिन रावलले ५३, रोशन अधिकारीले २५,  लोकेश बमले २२ रनको योगदान दिए। सुपौलको लागि बलिङ तर्फबाट बिस्वजितले ४ विकेट लिए ।

जवाफमा सुपौलले ३८ ओभरमा ९ विकेट खेर फाल्दै लक्ष्य पुरा गर्याे । उसकाे जितमा सौरभ गिल्लीले ४३ ,अजयले २८ तथा महम्मद इशाले २३ रन बनाए । बलिङ तर्फ प्रदेश ७ का शेर मल्लले ४ बिनोद लामाले ३ विकेट लिए । हारपछि पनि प्रदेश सात सेमिफाइनलमा प्रबेश गरेको छ ।

सेमिफाइनलका खेल भाेलीबाट हुनेछ । जसमा पहिलाे सेमिफाइनलमा नेपाल पुलिस क्लब र प्रदेश ७ तथा दोस्रो सेमिफाइनलमा आर्मी र प्रदेश एक बिच प्रतिस्पर्धा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest