बंगलादेश प्रिमियर लिगमा रंगपुर विरुद्धको खेलमा नेपाली बलर सन्दिप लामिछाने टिममा फर्किएका छन । उनको टिमले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।
बिपीएलको पहिलो खेलमा दुई विकेट लिएका सन्दिप पछिल्ला दुई खेलमा विकेट विहिन रहेका छन । त्यसमा पनि उनी ढाका विरुद्धको खेलमा महंगो सावित भएका थिए । जसका कारण टिमले कोमिल्ला विरुद्धको खेलमा उनलाई आराम दिएको थियो ।