कमब्याक खेलमा सन्दिपकाे उत्कृष्ट बलिङ

बंगलादेश प्रिमियर लिग क्रिकेटमा नेपाली युवा बलर सन्दिप लामिछानेले महत्वपूर्ण एक विकेट हात पारेका छन् ।

पहिलो खेलमा २ विकेट लिएका सन्दिप लगातार २ खेलमा विकेट विहीन भए पछि उनलाई कोमिल्लाविरुद्ध प्लेयिङ सेटमा राखिएको थिए ।

तर आज रंगपुरविरुद्ध टिममा परेका सन्दिपले सुरुका तीन ओभरमा १५ रन खर्चिए पनि विकेट लिन सकेका थिएनन् । तर आफ्नो अन्तिम ओभरमा किफायती बलिङ गर्दै सन्दिपले ३ रन खर्चिएर १ विकेट लिए । आफ्नो चौथो ओभरको पाँचौ बलमा बेनी हवेललाई आउट गरेका हुन् ।

आज चार ओभर बलिङ गर्दा सन्दिपले १८ रन खर्चिए । जुन बाँकी बलरहरुको भन्दा किफायती हो ।

यसैबीच, सन्दिप लामिछानेकाे टिम सिलेट सिक्सर्सले रंगपुर राइडर्सलाइ २७ रनले पराजित गरेकाे छ । सिक्सर्सले दिएकाे १८८ रनकाे लक्ष्य पछ्याएकाे रंगपुर निर्धारित अाेभरमा ५ विकेट गुमाउँदै १६० रनमा राेकिएकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest