दक्षिण अफ्रिकाले स्टेन र डी ककलाइ दियाे रेस्ट

पाकिस्तान विरुद्धकाे एकदिवसीय सिरीजकाे सुरुवाती दुई खेलका लागि दक्षिण अफ्रिकाले डेल स्टेन र क्विन्टोन डी ककलाई टिमबाट हटाएकाे छ ।

उनिहरूकाे स्थानमा डुवाने ओलिभर र एइडीन मार्करामलाई टिममा बोलाइएको छ । यस्तै डी ककको अनुपस्थितीमा विकेटकिपरमा हेनरीच क्लासिनले जिम्मेवारी सम्हाल्नेछन ।

ओलीभरले एकदिवसीय खेलमा डेब्यु गर्नेछन । तिब्र गतिका बलर अलिभले पाकिस्तान विरुद्धको टेष्ट सिरीजमा उत्कृष्ट प्रदर्शन गरेका कारण एकदिवसिय सिरीजमा पनि मौका दिइएको हो । उनले टेष्ट सिरीजमा कुल २४ विकेट लिएका थिए । जसमा उनको एभरेज १४.७० रहेको थियो ।

पाकिस्तान विरुद्ध नै तेस्रो टेष्टमा चोट बोकेका स्टेनलाई थप समस्या नहोस भनेर आराम दिइएको हो । उनी सो टेष्टको दोस्रो दिनको खेलमा नै मैदान छोडेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest