चाेटका कारण वार्नर ६ साता मैदान बाहिर

चोटका कारण बंगलादेश प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम सिलेट सिक्सर्सका कप्तान डेविड वार्नर स्वदेश फर्किने भएका छन ।

गएराति भएको खेलमा ब्याटिङ गर्ने क्रममा उनको एल्बोमा चोट लागेपछि बायाँ हाते ब्याट्सम्यानले दायाँ हातले ब्याटिङ गरेका थिए । क्रिकेट बोर्ड अफ अष्ट्रेलियाले जनाएअनुसार उनी सिड्नी फर्कने र उनको चोट निको हुन ६ साता लाग्ने बताइएको छ ।

डेविड वार्नर बाहिरीएपछि सिलेट सिक्सर्स निकै दबावमा परेको छ । तर वार्नरले भने बिपीएलमा अब दुई खेल खेल्ने बताएका छन । उनले १८ र १९ तारिखमा हुने खेल खेलेर सिड्नी फर्कने बताएका छन । चोटकै कारण यसअघि कोमिल्ला भिक्टोरियन्सका कप्तान स्टिभ स्मिथ पनि स्वदेश फर्किएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest