सन्दिपकाे टिमले आज ढाका डाइनामाइटसँग खेल्दै

बीपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेको टोली सिलेट सिक्सर्सले आज ढाका डाइनामाइटसँग खेल्दैछ ।

बीपीएलमा पाँच खेलबाट ४ अंकसहित पाँचौं स्थानमा रहेको सिलेटका लागि सन्दीपको प्रदर्शन सुरुआती दुई खेलमा उत्कृष्ट थियो । उनले पहिलो खेलमा दुई विकेट लिएका थिए ।

गत साता ढाका डाइनामाइट्ससँगै भएको खेलमा सन्दीप महंगा सावित भएका थिए । ४ ओभरमा ३३ रन खर्चिएका सन्दीपले विकेट लिन सकेनन् भने ब्याटिंगमा १ रन बनाएका थिए । त्यस खेलमा ढाका ३२ रनले विजयी भएको थियो ।

त्यसपछिको एक खेल उनी टिमबाट बाहिरिएका थिए । यद्यपी बुधबार भएको खेलमा रंगपुर राइडर्सबिरुद्ध उनले १ विकेट लिएका थिए ।

अष्ट्रेलियाको बिग बास लिग बिचैमा छाडेर बीपीएल खेल्न आएका सन्दीपले बीपीएलमा पनि पूरै खेल्न पाउने छैनन् । नेपाल र युएईबीचको एशदिवशीय श्रृंखला अर्को सातादेखि सुरु हुँदैछ । त्यसका लागि उनी नेपाली टोलीसँग युएईमै सामेल हुनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest