इन्डाेनेसियाद्वारा नेपालसामु १२१ रनकाे लक्ष्य

थाइल्याण्ड टि–२० वुमन्स स्म्यासमा नेपालले इन्डोनेसियालाई १२१ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२० रन बनायो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् ।

त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सिता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा पु¥याए ।

ब्यक्तिगत तर्फ सिताले अर्धशतक बनाउन दुई रनले चुकिन् । उनी ४८ रनमा रनआउट भएकी थिइन् । त्यसपछि क्रिजमा आएकी नेरी थापा पाँच रनमा क्याचआउट भइन् । इन्दु वर्मा ३७ रनमा अविजित रहिन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest