अन्तिम एकदिवसिय खेलमा अष्ट्रेलियाले भारतसामु दुई सय ३१ रन लक्ष्य

भारत विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा अष्ट्रेलियाले दुई सय ३१ रनको लक्ष्य दिएको छ ।

मेलबर्नमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा २३० रनमा अलआउट भयो । त्यसो त अष्ट्रेलियाले सुरुवात राम्रो गर्न सकेन । आठ रन हुँदा पहिलो विकेट गुमाएको घरेलु टिमले २७ रनमा दोस्रो विकेट खेर फाल्यो ।

तर तेस्रो विकेटका लागि सन मार्स र उस्मान ख्वाजा विच ७३ रनको साझोदारी भएपछि टिम सम्हालिएको थियो । उसका लागि ख्वाजाले ३४ तथा सन मार्सले ३९ रन बनाए । यस्तै पिटर ह्यान्डकपले अर्धसतकीय पारी खेल्दै ५८ रन बनाए ।

तर त्यसपछि स्टोनीस १०, ग्लेम म्याक्सवेल २६ र रिचार्डसनले १६ रन बनाए । बलिङमा भारतका युज्वेन्द्र चाहलले ६ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest