सन्दिपले २ ओभरमा ११ रन, एक विकेट लिए

नेपाली बलर सन्दिप लामिछानेले बंगलादेश प्रिमियर लिग अन्तर्गत ढाका विरुद्धको खेलको पहिलो ओभरमा मात्र तीन रन दिएका एक विकेट लिए ।

ढाका विरुद्धको खेलमा सन्दिपले रोनी तालुकदारलाई १३ रनमा आउट गरे । टिमको पाँचौ ओभर लिएका आएका सन्दिपले पहिलो बलमा एक रन दिए भने दोस्रो बल डट खेलाए । त्यसपछि तेस्रो बलमा उनले रोनीलाई बोल्ड गरे । त्यसपछि चौथो बलमा रासोलीले एक रन लिए भने पाँचौ बल उनले डट फाले । ओभरको अन्तिम बलमा सकिव अल हसनले एक रन लिए ।

ब्यक्तिगत दोस्रो ओभरमा पनि सन्दिपले किफायती बलिङ गरे । पहिलो बल डट गरे भने दोस्रो बलमा मात्र एक रन दिए । तेस्रो बलमा पनि उनले एक रन दिदा चौथो बलमा सकिव अल हसनले चौका प्रहार गरे । त्यसपछि उनले बाँकि दुई बलमा २ रन दिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest