भारत विरूद्दकाे एकदिवसिय सिरीजमा अष्ट्रेलिया पराजित

७१ बर्षपछि भारतले अष्ट्रेलियाविरुद्ध एकदिवसीय र टेष्ट क्रिकेट सिरिज जितेकाे छ । यसअघि टेस्ट सिरिज जितिसकेको भारतले अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा ७ विकेटको जित निकाल्दै सिरिज जितेको हो । एकदिवसिय सिरीज भारतले २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

मेलबर्नमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा २३० रन बनाएको थियो । आठ रन हुँदा पहिलो विकेट गुमाएको घरेलु टिमले २७ रनमा दोस्रो विकेट खेर फाल्यो । तर तेस्रो विकेटका लागि सन मार्स र उस्मान ख्वाजा विच ७३ रनको साझोदारी भएपछि टिम सम्हालिएको थियो । उसका लागि ख्वाजाले ३४ तथा सन मार्सले ३९ रन बनाए । यस्तै पिटर ह्यान्डकपले अर्धसतकीय पारी खेल्दै ५८ रन बनाए । तर त्यसपछि स्टोनीस १०, ग्लेम म्याक्सवेल २६ र रिचार्डसनले १६ रन बनाए । बलिङमा भारतका युज्वेन्द्र चाहलले ६ विकेट लिए ।

२३१ रनको लक्ष्य पछ्याएको भारतले ४९ दशमलब २ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे । भारतको जितमा पूर्व कप्तान महेन्द्रसिंह धोनी र केदार जादबले उत्कृष्ट पारी खेले । उनीहरुकाबीचमा १ सय २१ रनको साझेदारी भएको थियो । लगातार तेस्रो अर्धशतक समेत बनाएका धाेनी ८७ रनमा नट आउट रहे । जादब पनि ६१ रनमा नटआउट नै रहे । कप्तान विराट कोहलीले ४६ रन जोड्दा शिखर धवन २३ र रोहित शर्मा ९ रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest