ढाका विरूद्द सन्दिपले ४ ओभरमा २७ रन दिएर एक विकेट लिए

नेपाली बलर सन्दिप लामिछानेले बंगलादेश प्रिमियर लिग अन्तर्गत ढाका विरुद्धको खेलको चार ओभरमा २७ रन दिएर एक विकेट लिएका छन।

पहिलो ओभरमा मात्र तीन रन दिएका एक विकेट लिए । ढाका विरुद्धको खेलमा सन्दिपले रोनी तालुकदारलाई १३ रनमा आउट गरे । टिमको पाँचौ ओभर लिएका आएका सन्दिपले पहिलो बलमा एक रन दिए भने दोस्रो बल डट खेलाए । त्यसपछि तेस्रो बलमा उनले रोनीलाई बोल्ड गरे । त्यसपछि चौथो बलमा रासोलीले एक रन लिए भने पाँचौ बल उनले डट फाले । ओभरको अन्तिम बलमा सकिव अल हसनले एक रन लिए ।

ब्यक्तिगत दोस्रो ओभरमा पनि सन्दिपले किफायती बलिङ गरे । पहिलो बल डट गरे भने दोस्रो बलमा मात्र एक रन दिए । तेस्रो बलमा पनि उनले एक रन दिदा चौथो बलमा सकिव अल हसनले चौका प्रहार गरे । त्यसपछि उनले बाँकि दुई बलमा २ रन दिए ।
तेस्रो ओभरमा सन्दिपले १२ रन दिए भने चौथो तथा अन्तिम ओभरमा मात्र चार रन खर्चिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest