पुलिस र आर्मी उपाधिकालागि भिड्ने

इनरूवामा जारी मनमोहन स्मृती एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागिए टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव खेल्ने भएका छन । आज भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लवले प्रदेश एकलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनायो ।

इनरूवा खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश एकले २५ ओभर चार बलमा मात्र एक सय नौ रनमा अलआउट भयो । उसका लागि रबी रोएले २२ र पुष्प थापाले १९, मुकुन्द यादबले १७ रन बनाउदा अरु खेलाडी सस्तैमा आउट भए । उसलाई कम स्कोरमा रोक्न प्रदेश एकका हरिबहादुर चौहानले चार विकेट लिए ।

जवाफमा आर्मीले १९ ओभर दुई बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । २५ रनमा चार विकेट गुमाएको आर्मीको जितमा राजेश पुलामी र रोहित पौडेलले उत्कृष्ट पारी खेले । जसमा रोहितले ५८ र राजेश पुलामीले २३ रन बनाए । बलिङमा प्रदेश एकका मनोज मण्डलले दुई र पुष्प थापाले एक विकेट हात पारे । फाइनल खेल भोली हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest