सन्दिपकाे टिमले बिपीएलमा खेल्दै

नेपाली युवा बलर सन्दिप लामिछानेले बंगलादेश प्रिमियर लिगमा आज रंगशपुर राइटर्ससँग प्रतिस्पर्धा गर्दैछ । सिलेटमा हुने यो खेल नपाली समय अनुसार दिउसो एक बजेबाट सुरु हुनेछ ।

जारी प्रतियोगितामा ६ खेलमा मात्र दुईमा जित निकालेको सिलेटले आज रंगपुर विरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ । यसप्रतियागितामा छ खेलमा दुई मा विकेट विहिन बनेका सन्दिपले हिजो भएको खेलमा एक विकेट लिएर २७ रन दिएका थिए । आजपनि उनि टिममा पर्ने प्रबल संभावना रहेको छ ।

जारी प्रतियोगितामा कुल चार विकेट लिएका सन्दिपले कोमिल्ला विरुद्ध दुई विकेट लिएका थिए भने भिकिंग्स विरुद्ध लिन सकेनन् । यस्तै नाइटामाइट्स विरुद्ध पनि विकेट विहिन बनेका सन्दिप अर्को खेलमा ड्रप भएका थिए । त्यसपछि उनले कमब्याक खेलमा रंगपुर विरुद्धनै एक विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest