बीपीएलकाे अन्तिम खेलमा सन्दिप विकेटविहिन

बंगलादेश प्रिमियर लिगको अन्तिम खेलमा सन्दिप लामिछानेले ४ ओभरमा २१ रन खर्चिए । नेपाल र युएईविरुद्धको एक दिवसीय र टी–२० सिरिजका लागि प्रस्थान गर्नुअघि सन्दिपले सिलेट सिक्सर्सका लागि अन्तिम खेल खेलेका हुन् ।

बंगलादेश प्रिमियर लिग क्रिकेट बीपीएलमा आज विकेट विहीन बने । तर उनका महत्वपूर्ण ३ क्याच ड्रप भएका थिए । रंगपुर राईडर्सविरुद्ध सन्दिपले चौथो ओभरमा आफ्नो स्पेलको पहिलो ओभर बलिङ गरेका थिए । जसमा सन्दिपले ३ रन खर्चिए । दोस्रो र अन्तिम बलमा क्याच ड्रप हुँदा विकेट लिन असफल भएका थिए । पहिला र दोस्रो बलमा एलेक्स हलले रन बनाउन सकेनन् । तेस्रो बलमा २ रन लिएका हलले चौथो बल पनि डट राखेका थिए ।

पाँचौ बलमा एक रन लिँदै हल ननस्ट्राइकमा आए पछि अन्तिम बल रिले रसवेले रन लिए । उनको क्याच भने ड्रप भए पछि सन्दिप केही निराश देखिएका थिए ।

टिमको आठौं ओभर हुँदा व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एवि डेभिलियर्सले एक रन लिए । सन्दिपले दोस्रो बल डट राखेका थिए । तेस्रो बलमा एक रन खर्चिका सन्दिपले चौथो बलमा डेभिलियर्सको व्याटमा बल निकहुँदा विकेट किपरले क्याच लिन सकेनन् । पाँचौ बलमा चौका खाएका सन्दिपले अन्तिम बलमा १ रन दिए ।

व्यक्तिगत तेस्रो ओभरमा सन्दिपले पहिलो बलमा १ रन दिएका थिए । दोस्रो बलमा १ रन दिएका सन्दिपले तेस्रो बलमा चौका खाएका थिए । चौथो बलमा १ रन दिए । पाँचौं बलमा १ रन खर्चिदा अन्तिम बल भने डट राख्न सफल भए ।

सन्दिपले व्यक्तिगत चौथो ओभर टिमको १६औं ओभरमा गरेका थिए । सुरुआती तीन बल डट राखेका थिए । चौथो, पाँचौ र छैटौं बलमा एक एक रन दिएका थिए ।

उनी युएईविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टिममा समावेश हुनेछन् । १३ गतेदेखि शुरु हुने प्रतियोगिताका लागि नेपालले २ दिन भित्र टिमको घोषणा गर्ने छ । जसमा यसपटक केही नयाँ र युवा खेलाडी टिममा पर्नेछन् ।

नेपाली टिम आउँदो मंगलबार युएई प्रस्थान गर्दैछ । त्यसका लागि उनी काठमाडौं आउने छन् । सिलेट सिक्सर्स बीपीएल क्रिकेटको दोस्रो राउण्डमा प्रवेश गरे युएईबाट सन्दिप बंगलादेश जाने छन् । दोस्रो चरणमा नपुगे अष्ट्रेलियाको बिग ब्यास खेल्न त्यता पुग्ने जनाइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest