दक्षिण अफ्रिका विरूद्दकाे पहिलाे खेलमा पाकिस्तान ५ विकेटले विजयी

दक्षिण अफ्रीकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा पाकिस्तान ५ विकेटले विजयी भएकाे छ ।

पोर्ट एलिजावेथमा  टस  जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा २ विकेट गुमाएर २ सय ६६ रन बनायाे । उसका लागि हसिम अमलाले अविजित १ सय ८ रनको शतकीय पारी खेले  ।  यस्तै हेण्ड्रिक भान डेरले ९३ रन जोडे  ।  पाकिस्तानका हसन अली र सादव खानले एक एक विकेट लिए  ।

जवाफमा पाकिस्तानले ४९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर लक्ष्य पुरा गर्याे । पाकिस्तानको जितमा इमाम उल हकले ८६ तथा मोहम्मद हाफिजले अविजित ७१ रनको अर्धशतकीय इनिङस खेले  । यस्तै बाबर आजमले ४९ रन बनाए  । दक्षिण अफ्रिकाका डुवाने ओलिभरले २ विकेट लिए ।

यो जितसंगै पाकिस्तानले पाँच खेलको एकदिवसीय सिरिजमा १ – ० को अग्रता बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest