साेचेकाे भन्दा राम्राे नतिजा हात पारेकाे प्रशिक्षक दाशकाे भनाई

थाइल्याण्ड टी–२० स्म्यासको उपविजेता बनेर स्वदेश फर्किएको नेपाली महिला टिमकी कप्तान रुवीना क्षेत्री र प्रशिक्षक विनोद दाशले प्रतियोगिताले खेलाडीलाई मानसिक रुपमा बलियो बनाएको प्रतिक्रिया दिएका छन ।

१२ बर्षपछि फाइनलमा पुगेर पनि उपविजेता बनेको नेपाली महिला क्रिकेट टिमका प्रशिक्षक विनोद दाशले त्रिभुवन विमानस्थलमा सञ्चारमाध्यमसँग कुराकानी गर्दै, हामीले प्रतियोगिता अगाडी नै फाइनलमा पुग्ने लक्ष्य राखेका थियौ, हुन पनि त्यस्तै भयो, तर फाइनलमा थाइल्याण्ड हामी भन्दा निकै बलियो देखियो, चाहे त्यो मानसिक रुपमा होस र फिजिकल रुपमा ।

उनले फाइनलमा नेपाली खेलाडी थाइल्याण्ड विरुद्ध मानसिक रुपमा केहि दबावमा आए, जसको असर टिमको प्रदर्शनमा पर्न गयो । तर यो प्रतियोगिताले हामीलाई एउटा लेसन सिकाएको छ, यसले आगामी विश्वकप छनोटमा ठुलो असर गर्नेछ । किनकी हामी ब्याटिङ र बलिङमा राम्रो देखियौ तर मेन्टली केहि कमजोर रह्यौ ।

कप्तान रुवीना क्षेत्रीले यो प्रतियोगितामा टिमको प्रदर्शन अहिलेसम्म कै राम्रो प्रतियोगिता रहेको बताइन । त्यसैले आफु निकै खुसी रहेको धारणा राखिन । टिममा यसपटक सबैकुरा देखियो, इगो, हंगर र इन्टेन्सन, तर पहिले टिममा इगो र हंगर भएपछि जित्ने इन्टेन्सनमा कतै कमि रहेको जस्तो देखिन्थ्यो ।

तर फाइनलमा हामी राम्रो खेल्दा खेल्दैपनि चुक्न पुग्यो, किनकी पुरै टिम मानसिक रुपमा दबावमा आयो । सिनियर खेलाडीपनि मानसिक रुपमा फिट देखिएनन् । प्रतियोगितामा अरु टिमलाई हामी सहजै हराउछौ भन्ने मानसिकताका साथ मैदान उत्रिएका थियौ भने थाइल्याण्ड विरुद्ध पहिलाको नतिजाले पनि मानसिक रुपमा फरक पारेकाे बताइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest