अनुभवी खेलाडी शरद चार साता टिम बाहिर

नेपाली राष्ट्रिय टिमका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर खराव श्वास्थ्यका कारण चार हप्ता मैदान बाहिर रहने भएका छन् ।

भिटामिन डी को अभावका कारण ४ हप्ता मैदान बाहिर रहने भएका हुन । जसका कारण उनले अन्तिम समयमा टिमबाट नाम फिर्ता लिएका छन । यूएईसँग हुने ३ एकदिवसीय र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रियको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा १६ सदस्य घोषणा गर्दा उनको नाम अटाएको छैन ।

प्रशिक्षक जगत टमाटाले शरद जस्ताे अनुभवी खेलाडी टिमबाट बाहिर हुँद पक्कै पनि नराम्राे भएकाे भएपनि युवा खेलाडीले माैका पाएकाेमा खुसी हुनुपर्ने ठाँउ रहेकाे बताए ।

टिममा भिम सार्की, पवन सराफ,सन्दीप जोरा,अभिनाश बोहोरालाई पहिलो पटक टोलीमा परेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest