सन्दिपले खेलेकाे सीपीएलकाे खेल तालिका सार्वजनिक

क्यारेवियन प्रिमियर लिग क्रिकेटको नयाँ सिजनकाे खेल तालिका सार्वजनिक भएको छ । आगामी अगस्ट २१ देखि सेप्टेम्बर २१ सम्म चल्ने प्रतियाेगिताका खेलहरू ट्रिनिडाड एण्ड टोबागो र गुयनामा हुने छ ।

सीपीएलको पछिल्लो संस्करणमा नेपाली युवा लेग स्पीनर सन्दिप लामिछाने खेलेका थिए । जसकालागि उनले ५ हजार अमेरीकी डलर पाएका थिए । साे प्रतियाेगितामा उत्कृष्ट इकोनोमिकल बलर समेत बनेका सन्दिपले ५ विकेट समेत हात पारेका थिए ।

सीपीएलको मिति तोकिएसँगै अब खेलाडी अक्सनको तालिका पनि सार्वजनिक गरिने जनाइएको छ । त्यसपघि टिमहरुले खेलाडी रिटेन र रिलिज गर्न पाउने छन् । पछिल्लो सिजनमा सेन्ट किट्समा आवद्ध भएका सन्दिपको आगामी संस्करणबारे कुनै निर्णय भएको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest