टिम धनगढीलाई ग्लाेबल कलेजकाे मुख्य प्रायाेजन

आसन्न धनगढी प्रिमियर लिगमा सहभागि टिम धनगढी स्टार्सले २० लाख रूपैयाँमा मुख्य प्रायोजकका रुपमा ग्लोबल म्यानेजमेन्ट कलेजसँग सम्झाैता गरेकाे छ ।

धनगढीले यसपटक नयाँ नाम र नयाँ मालिकको साथमा डिपीएलमा सहभागिता जनाएको छ । यसअघि टिम चौराहा धनगढीको नामबाट दुई वटा संस्करणमा सहभागिता जनाएकोमा दुबै पटक उपाधि जितेकाे थियाे ।

याे सम्झाैता एक बर्षका लागि रहेकाे छ । सम्झाैता पत्रमा धनगढी स्टार्सका अध्यक्ष विक्रम बाेहरा र ग्लाेबल कलेजका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र अाेझा बिच हस्ताक्षर भएकाे हाे ।

टिममा सहभागि हुने विदेशी खेलाडीका साथै अन्य विवरण अागामी दिनमा गर्ने अध्यक्ष विक्रम बाेहाेराले जानकारी दिए । यसका साथै यसै कार्यक्रममा टिमकाे जर्सीपनि सार्वजनिक गरिएकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest