नेपाली क्रिकेट टिम आज युएई जाँदै

युएईविरुद्धको एकदिवसीय सिरिजकालागि नेपाली टिम अाज युएई प्रस्थान गर्दै छ ।

युएईसँग नेपालले ३ वटा एक दिवसीय र ३ वटा टी–२० क्रिकेटको सिरिज खेल्ने छ । जसमा माघ ११ गते पहिलो, १२ गते दोस्रो र १४ गते तेस्रो एकदिवसीय क्रिकेट खेल्ने छ ।

सन्दीप फर्किए बंगलादेश प्रिमियर लिग बीपीएल क्रिकेट खेलेर सन्दीप लामिछाने स्वदेश फिर्ता भएका छन् । मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको युएई टुर शुरु हुने भएकाले सोमबार सन्दीप काठमाडौं आइपुगेका हुन् ।

बीपीएलका ६ खेलमा सहभागीता जनाएका सन्दीपले ४ विकेट लिएका थिए । उनले बीपीएल खेलेको अनुभवले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई थप फाइदा पुग्ने बताए । बीपीएल अघि सन्दीपले बिग बास लिग खेल्न अष्ट्रेलिया गएका थिए । मेलवर्न स्टार्सबाट खेलेका सन्दीपले ४ खेलमा ८ विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest