युएइ विरुद्द नेपालकाे अन्तिम तयारी फाेटाेमा

युएइ विरुद्धको एकदिवशीय र टि ट्वान्टी सिरिजका लागि दुवइमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अभ्यास गरेको छ । नेपाली टिमले आज आइसीसी क्रिकेट ग्राउन्डमा अभ्यास गरेको हो । नेपाल र युइए बीचको खेल पनि यहि मैदानमा हुनेछ ।

नेपाली टिमले अभ्यासमा शुक्रबार हुने युएइ विरुद्धको पहिलो एकदिवशीय खेलबका लागि आफुहरु मानसिक र शारिरीक रुपमा तयार रहेको प्रतिकृया दिएका छन । एकदिवीशय मान्यता पाएपनि नेपालको यो दोस्रो सिरिज हो । यो पटक टिममा चार नयाँ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन । युवा खेलाडीका लागि एक्सपोजरका रुपमा पनि यो टुाइ लिइएको छ ।

मिडिल अर्डर ब्याट्सम्यान शरद भेषावकरको कमी भने टिममा खड्किनेछ । अस्वस्थ भएपछि शरदले युएइ टुर गुमाएका हुन् । युएइ टिममा उसका मुद्यय तीन खेलाडी छैनन् । जसको फाइदा नेपालले उठाउनेछ । सिरिज जित्नकै लागि युएइ आएको भन्दै खेलाडीले ब्याटिङमा पनि सुधार हुने अपेक्षा गरिएको छ । नेपालले युएइ संग तीन क्एदिवशीय र तीन टि ट्वान्टी खेल्दैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest