नेपालले भाेली युएइसँग सिरिजको पहिलो एकदिवसीय खेल खेल्दै ; बसन्त खेल्ने स‌भावना न्युन

नेपाली राष्ट्रिय क्रिकेट टिमले युएईविरुद्धको पहिलो एकदिवसीय खेल भोलि खेल्दैछ । चार नयाँ खेलाडी सहित युएई पुगेको नेपाली टिम पहिलोपटक अन्तर्राष्ट्रिय सिरिज जित्ने लक्ष्यमा छ । खेलअघि प्रतिकृया दिंदै नेपाली टिमका कप्तान पारस खड्काले टिममा नयाँ खेलाडीका लागि क्षमता प्रमाणीत गर्ने मौकाका रुपमा ब्याख्या गरे ।

नेपाल आफ्नो दोस्रो अन्तर्राष्ट्रिय सिरिजमा चिरप्रतिद्धन्द्धी युएईको सामनाका लागि तयारी अवस्थामा छ । एकदिवसीय मान्यता पाएपछि खेल्न लागेको दोस्रो सिरिजबाट संक्रमणको चरणमा रहेको नेपाली टिमको क्षमता मापन हुनेछ । युएईविरुद्ध अन्तिमपटक मैदानमा उत्रँदा र अहिले नेपाली टिममा केहि फरक छ । यसपटक अनुभवी खेलाडी शरद भेषवाकर छैनन् । चार युवा खेलाडीले टिममा स्थान बनाएका छन् । यद्यपि पवन सर्राफ, अविनाश बोहरा, भीम सार्की र सन्दीप जोराले राष्ट्रिय टिम बाट डेब्यु गर्ने सम्भावना भने न्युन छ ।

राष्ट्रिय क्रिकेट टिम पछिल्ला तीन वटा एकदिवसीय खेलमा पूरै ५० ओभर खेल्न नसकेको नेपाली टिमका लागि युएईविरुद्धको सिरिजको मुख्य चुनौती ब्याटिङ हो । घरेलु प्रतियोगितामा टी–२० बढी खेलेको नेपाल ५० ओभरको खेलमा मैदानमा कसरी प्रस्तुत हुन्छ त ?


राष्ट्रिय क्रिकेट टिम एक बर्षदेखि तेस्रो नम्बरमा खेल्दै आएका कप्तान पारसले ५० ओभरको खेलमा आफूले ओपनिङ ब्याट्सम्यानको रुपमा नखेल्ने प्रष्ट पारेका छन् । यता युएईको टिममा नियमित कप्तान रोहन मुस्तफासहित अरु दुई खेलाडी ८ साताको प्रतिबन्धमा छन् । जसको फाइदा उठाउने अवसर नेपालसामु छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा ५० ओभरको खेलमा नेपालले युएईसँग १५ पटकको भेटमा तीन खेल मात्र जितेको छ । युएईले ११ खेल जितेकामा एक खेलमा भने बराबरी भएको थियो । पछिल्लोपटक एसिया कप छनोटमा नेपाल युएईसँग ७८ रनले पराजित भएको थियो ।

नेपालले पहिलो खेललाई बदला लिने मौकाको रुपमा लिएको छ । यसैविच बलर वसन्त रेग्मी विरामी परेका कारण पहिले खेल खेलने सभावना न्युन रहेके छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest