युएईविरुद्ध नेपालले दियाे मात्र ११४ रनकाे लक्ष्य

युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपालल ११४रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्ताे पाएकाे नेपालले ३३‍‍ ओभर ५ बलमा मात्र ११३ रन बनायाे ।

शुरु देखिनै दवाबमा आएको नेपालका लागि व्याट्सम्यानहरु चल्न सकेनन् । नेपालका सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा कप्तान पारस खड्काले २० रनको योगदान गरेका थिए ।

ओपनिङ आएको उपकप्तान ज्ञानेन्द्र मल्लले ४ बल फेस गर्दा खाता नखोली आउट भएका थिए । दोस्रो विकेटको रुपमा अर्का ओपनर विनोद भण्डारीले पनि उत्कृष्ट पालि खेल्न सकेनन् । उनले १४ बल खेल्दा १ चौकाको मद्दतले ५ रन बनाएका थिए । त्यसपछि क्रिजमा रहेका पारस खड्का र सोमपाल कामीले नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए ।

तर टिमको स्कोर ४४ रन हुँदा कप्तान खड्का व्यक्तिगत २० रन बनाएर आउट भए । पारस आउट भएपछि मैदान आएका दीपेन्द्रसिंह ऐरी खातानै नखोली रन आउट भए । एउटा इनिङबाट ब्याटिङ सम्हालेका सोमपाल नेपालको स्कोर ७१ रन हुँदा आउट हुन पुगे पछि पालि पुरै धरमराएको थियो ।

सोमपाल ३० रन बनाउँदै आउट भए जुन आजको खेलमा नेपाली व्याट्सम्यानले बनाएको सर्वाधिक ठूलो रन हो । त्यसपछि पवन शर्राफ, करण केसी र बसन्त रेग्मी लगातार आउट भएका थिए । पवनले ४ रन बनाउँदा करणले ३ तथा बसन्त रेग्मीले खाता खोल्न सकेनन् ।

नेपालका लागि दोस्रो ठूलो व्यक्तिगत रन बनाउने क्रममा आरिफ शेखले २५ रन बनाए । यसैगरी अन्तिम खेलाडीको रुपमा सन्दीप लामिछाने १५ रन बनाएर आउट भए ।
युएईका लागि मोहम्मद नाभिदले अमिर हायात तीन तीन विकेट लिँदा र इमरान हैदरले समान दुई तथा क्वेदर अहमदले १ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest