युएईविरुद्ध पहिलाे एक दिवसीयमा नेपाल ३ विकेटले पराजित

युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । दुवईमा भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्ताे पाएकाे नेपालले ३३ दशमलब ५ ओभरमा ११३ रन बनाउँदै अल आउट भएको हो । नेपालका सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा कप्तान पारस खड्काले २० रनको योगदान गरेका थिए ।

ओपनिङ आएको उपकप्तान ज्ञानेन्द्र मल्लले ४ बल फेस गर्दा खाता नखोलि आउट भएका थिए । दोस्रो विकेटको रुपमा अर्का ओपनर विनोद भण्डारीले पनि उत्कृष्ट पालि खेल्न सकेनन् । उनले १४ बल खेल्दा १ चौकाको मद्दतले ५ रन बनाएका थिए । त्यसपछि क्रिजमा रहेका पारस खड्का र सोमपाल कामीले नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए ।

तर टिमको स्कोर ४४ रन हुँदा कप्तान खड्का व्यक्तिगत २० रन बनाएर आउट भए । पारस आउट भएपछि मैदान आएका दीपेन्द्रसिंह ऐरी खातानै नखोली रन आउट भए । एउटा इनिङबाट ब्याटिङ सम्हालेका सोमपाल नेपालको स्कोर ७१ रन हुँदा आउट हुन पुगे पछि पालि पुरै धरमराएको थियो ।

सोमपाल ३० रन बनाउँदै आउट भए जुन आजको खेलमा नेपाली व्याट्सम्यानले बनाएको सर्वाधिक ठूलो रन हो । त्यसपछि पवन शर्राफ, करण केसी र बसन्त रेग्मी लगातार आउट भएका थिए । पवनले ४ रन बनाउँदा करणले ३ तथा बसन्त रेग्मीले खाता खोल्न सकेनन् ।

नेपालका लागि दोस्रो ठूलो व्यक्तिगत रन बनाउने क्रममा आरिफ शेखले २५ रन बनाए । यसैगरी अन्तिम खेलाडीको रुपमा सन्दीप लामिछाने १५ रन बनाएर आउट भए ।

११४ रनको लक्ष्य पछ्याएको युएईले पनि गतिलो सुरुआत भने गर्न सकेको थिएन । टिमको स्कोर ५ हुँदा मोहम्मद अस्फिकलाई करण केसीले पहिलो विकेटको रुपमा आउट गरेका थिए । चिराग शुरीलाई सोमपाल कामीले आउट गर्दा युएईको स्कोर १२ रन थियो । ३५ रन हुँदा सइमान अनवरलाई गुमाएको युएईमाथि नेपालले केही दबाब दिएको थियो । चौथो विकेटको रुपमा मोहमद उस्मान आउट हुँदा पारस खड्काले पहिलो विकेट लिएका थिए ।

त्यसपछि लगातार अर्को इनबाट लेगस्पिनर सन्दिप लामिछानेले बलिङ गर्न लगाएका थिए । पाचौं विकेटको रुपमा फहद नवाजलाई सन्दिपले आउट गरेका थिए । छैटौ सफलता पनि सन्दिपले नै दिलाए । उनले युएईबाट सर्वाधिक ३० रन बनाएका गुलाम सब्बिरलाई आउट गरेका थिए ।

सातौं विकेटको रुपमा पारसले मोहमद बोतालाई बसन्त रेग्मीबाट क्याच गराएर पेभेलियन फर्काएका थिए । ७ विकेट गुमाउँदै ७३ रन बनाएको युएईका लागि अमिर हायात र इमरान हैदरले पालि सम्हाले पछि युएई ३ विकेटले विजयी हुन सफल भयो । हयात २४ र हैदर १८ रनमा नट आउट रहे । नेपालका पारस खड्का, करण केसी र सन्दिप लामिछानेले दुई दुई विकेट लिँदा सोमपाल कामीले १ विकेट लिएका थिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest