नेपाल टस जितेर ब्याटिङमा, बसन्तकाे ठाँउमा राेहित टिममा

युएई विरुद्धको दोस्रो खेलमा नेपाललले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

पहिलो खेलमा तीन विकेटको हार ब्यहोरेको नेपालले आज एक जना खेलाडी परिवर्तन गरेको छ । जसमा अनफिट रहेका बसन्त रेग्मीको स्थानमा रोहित पौडेललाई टिममा स्थान दिएको छ । नेपालको ओपनीङमा विनोद भण्डारी र ज्ञानेन्द्र मल्ल नै हुनेछन ।

आजको खेलमा नेपाललाई सिरीज बचाउन जित्नेपर्ने दबाव रहेको छ । जसका कारण नेपालले ब्याटिङमा ध्यान दिन बलरलाई आराम दिएर ब्याट्सम्यानलाई राखेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest